२९ जेष्ठ २०८३, शुक्रबार २०:५३
काठमाडौं- सामाजिक सञ्जालका प्रमुख माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा एक्कासि प्राविधिक समस्या देखिएको छ । शुक्रबार साँझदेखि यस्तो समस्या देखिन थालेको हो ।
यसका कारण नेपालभरका प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न पाइरहेका छैनन् ।
यो समस्यामा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट चलाउँदा चलाउँदै अचानक स्वतः लगआउट हुने अनौठो झमेला बेहोर्नु परिरहेको छ ।
फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेजहरू नजाने र लगइन गर्न खोज्दा समथिङ वेन्ट रङ जस्ता सन्देशहरू देखिने गरेका छन् ।
मेटा कम्पनीको तर्फबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन । साथै यस समस्याको वास्तविक कारण अहिलेसम्म प्रस्ट हुन सकेको छैन ।







प्रतिकृया दिनुहोस्