धनगढी । डेलधुराबाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरीका एक जवान र एक स्थानीय नागरिक सोमबार बिहान महाकाली नदीमा मृत अवस्थामा फेला परेका छन्।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगरको शव महाकाली नदीमा फेला परेको हो।
डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दुवै जना मृत फेला परेको पुष्टि गरे। उनका अनुसार स्थानीय तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो। यस्तै, सशस्त्रका जवान पुन मगरको शव भने बगेर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमा पुगेको अवस्थामा फेला परेको छ।
डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षण (पोस्टमार्टम) का लागि जोगबुढा अस्पतालमा राखिएको छ।
गत
शुक्रबारदेखि बेपत्ता भएका उनीहरू महाकाली नदीमा कसरी पुगे भन्नेबारेमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।







प्रतिकृया दिनुहोस्