रत्ननगर । रत्ननगर वडा नं ३ स्थित पूर्वी चितवन कबर्डहलमा पूर्वी चितवन स्तरीय बी र सी लेबलको म्याड मिन्टन प्रतियोगिता सुरु भएको छ । पूर्वी चितवन स्पोर्टस क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको नगर खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चाैधरीले उद्घाटन गरेका थिए । प्रतियोगितामा बी लेबल तर्फ १७ र सी लेबल तर्फ ३७ टिमले प्रतिस्पर्धा गरेका छन् । दुबै प्रतियोगिताको समाप पुरस्कार व्यवस्था गरिएको छ । प्रथम टिमलाई १५ हजार १११, द्धितीय हुने टिमलाई ७ हजार १११ र तृतीय हुने टिमलाई ५ हजार १११ रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव महेश पाण्डेले जानकारी दिनुभयो । क्लवका अध्यक्ष साैगात भूजेलले युवा माझ लोकप्रिय बन्दै गएको व्याडमिन्टन विकासक्रमको उच्च गतिमा अगाडि बढिरहेकाे बताए । नगरको खेलकुदको विकासका लागि पूर्वी चितवन स्तरीय प्रतियोगिता आयोजना गरिएको उनकाे भनाई छ । क्लवका पूर्वअध्यक्ष केबल न्यौपानेले व्यडमिन्टन प्रतियोगिता नगरको खेलकुल विकासमा कोसेढुंगा सावित हुने दावी गरे । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, वडाध्यक्षहरु बालकृष्ण चापागाईँ, किरण महतो, रामकुमार चौधरी, सोहेन्द्रराज खरेल, डिएसपी सुवास भट्ट, वडा सदस्य शिव खनाल, आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतो लगायतको उपस्थित रहेको थियो ।







प्रतिकृया दिनुहोस्