१४ जेष्ठ २०८३, बिहीबार २०:२८
रत्ननगर । रत्ननगर वडा नं ६ स्थित बछौली माविमा विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण अन्तर्गत महिनावारी स्वच्छता र यसको महत्व विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
विश्व महिनावारी स्वच्छता दिवसको अबसरमा आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने १५ जना विद्यार्थी बीच विद्यालय स्तरीय प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कक्षा १० की छात्रा कन्चन श्रीपाली प्रथम, कक्षा ९ की छात्रा लिसा थापामगर द्धितीय, कक्षा १० की छात्रा बविता चौधरी तृतीय र सोही कक्षाकी अन्तिमा पौडेल सान्त्वना भएका थिए ।
विजेता विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको थियो । विद्यालय इको क्लवकी अध्यक्ष रोजा परियारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठा रहेका थिए ।
इको क्लवकी सहयोगी शिक्षक पार्वती बगालले समाजमा अझै पनि महिनावारीलाई लिएर कतिपय भ्रम र अन्धविश्वास कायमै रहेकाले विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् । महिनाबारी एक प्राकृतिक प्रक्रिया रहेको भन्दै उनले यो समयमा सरसफाई र स्वच्छतामा ध्यान दिनुपर्ने बताइन् ।
प्रतियोगिता सहभागी विद्यार्थीहरुलाई महिनावारीको समयमा अपनाउनु पर्ने स्वच्छता, प्याडको सही प्रयोग र विर्सजन, महिनावारीका सम्बन्धमा विद्यालय नर्स उषा तिमल्सिना ले जानकारी गराउनु भयो ।कार्यक्रममा शिक्षक बुद्धिसेन चौधरीले सहजीकरण गरेका थिए ।







प्रतिकृया दिनुहोस्