रत्ननगर । रत्ननगर वडा नं १६ का उद्यमी महिलाहरुका लागि व्यवसायिक योजना निर्माण सम्बन्धी प्रशिक्षण सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नारी जागरण केन्द्रले आयोजना गरेको सो कार्यक्रममा ५० जना महिलाहरु सहभागी छन् । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रम वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए । सो अबसरमा वडाध्यक्ष थापाले महिला उद्यमशितलाको क्षेत्रमा गरिएको लगानी खेर गएको बताए । वडाका हरेक महिलाहरुलाई सीपमुलक तालिम दिएका छौं उनले भने तालिम दिएका मध्ये ३० प्रतिशत महिला पनि उद्यमी बनेका छैनन् । आफुले सिकेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउन नसक्दा समस्या उत्पन्न भएको उनको भनाई छ । केन्द्रकी अध्यक्ष खनालले सीप सिकेका र व्यवसाय सुरु गरिसकेका महिलाहरुलाई व्यवसायिक योजना निर्माणमा सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइन् । सीप सिकेकालाई आत्मबल बढाउन र व्यवसाय सफल बनाउन कार्यक्रम कोसेढुंगा सावित हुने उनको भनाई छ । कार्यक्रममा विष्णु शर्माले व्यवसायिक योजना निर्माण, सफलताको सुत्र लगायतको विषयमा सहजीकरण गरेका थिए । उद्घाटन कार्यक्रममा केन्द्रकी महासचिव सरस्वती लामाले केन्द्रले महिला सशक्तिकरण, सीप विकास, उद्यमशिलता प्रर्बद्धन तथा विपन्न छोरीहरुको उच्च शिक्षाको लागि छात्राबृत्ती वितरण गर्दै आएको बताइन् । जनजागृती माविका गरिएको कार्यक्रम दुई दिन सम्म चल्ने छ । कार्यक्रममा भरतपुर १० हाकिमचोक स्थित प्रकृति कपास उद्योगकी सञ्चालिका चन्दना कोइरालाले व्यवसायिक सफलताको कथा सुनाएकी थिइन् ।







प्रतिकृया दिनुहोस्