मेष : तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रमझमले मन आकर्षित गरेको छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ ।
वृष : शुभ दिन छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । साथीको साथमा गरेको काम सफल बन्नेछ ।
मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ । दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ । स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ ।
कर्कट : दिन राम्रो छ । राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।
सिंह : दिन सामान्य छ । लगानीको क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । सोचेका काममा अवरोध सिर्जना हुनेछ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ ।
कन्या : दिन राम्रो छ । कामको बोझ बढ्दै जानेछन् । परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ । मन शान्त बन्नेछ । कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
तुला : ठुला व्यक्तिको आशीर्वाद लिएर कामको सुरुवात गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ । परिवारमा घुमघामको तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृश्चिक : मन प्रशन्न बन्नेछ । योजना सफल बन्नेछन् । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।
धनु : शुभ दिन छ । नयाँ कामको थालनी हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ ।
मकर : दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । समाजमा इज्जत बढ्नेछ । राजनीतिमा सफलता मिल्नेछ । परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : मन अशान्त बन्ने जोखिम छ । आफन्तले तपाईंले गरेको काममा टिप्पणी गर्नेछन् । राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।
मीन : दिन राम्रो छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ । बोल्दा नम्र बन्नुपर्नेछ ।





प्रतिकृया दिनुहोस्