काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको हो।
आज कुल ३४२ कम्पनीका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा केही समूहमा सुधार देखिए पनि अधिकांश उपसूचक घटेका छन्। बैंकिङ समूह शून्य दशमलव १३ प्रतिशतले बढ्दा वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ।
यता विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेका छन्।





प्रतिकृया दिनुहोस्