एजेन्सी – मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्दै गएको छ । होर्मुज जलमार्गमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार इरानको रिभोलुसनरी गार्डले एउटा तेल ट्याङ्करमा आक्रमण गरेको छ । साथै, एउटा कन्टेनर जहाजमा अज्ञात पक्षबाट आक्रमण भएको छ । जसका कारण जहाजमा क्षति पुगेको छ । केही व्यापारिक जहाजहरूले पनि होर्मुज पार गर्ने क्रममा आफूमाथि आक्रमण भएको जनाएका छन् । जसमा भारतीय जहाज पनि रहेका खबरमा उल्लेख छ ।
इरानले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण कायम राख्ने घोषणा गरेसँगै स्थिति अझ गम्भीर बनेको छ । अन्तर्राष्ट्रिय व्यापार र समुद्री सुरक्षामा असर पर्ने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानको दबाबमा नआउने बताउनुभएको छ । इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविराम उल्लङ्घन भनेको छ । अमेरिका र इरानबीच सम्भावित शान्ति वार्ताबारे पनि अनिश्चितता बढेको छ ।
समुद्री आक्रमण, सैन्य चेतावनी र असफल कूटनीतिक प्रयासहरूले मध्यपूर्वलाई फेरि अस्थिरतातर्फ धकेलिरहेको विज्ञहरूको भनाइ छ ।





प्रतिकृया दिनुहोस्