काठमाडौँ : सरकारले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै नयाँ भर्ना थाल्न निजी विद्यालयलाई निर्देशन दिएको छ।
सञ्चारमाध्याममा निजी विद्यालयले वार्षिक परीक्षा नसकिँदै नयाँ भर्ना थालेको समाचार प्रकाशन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तो निर्देशन दिएको हो।
विकास केन्द्रबाट जारी सूचनामा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशित वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु भन्ने आशयका समाचारप्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ, प्रचलित कानुनी प्रावधान बमोजिम विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरी सोको नतिजा प्रकाशन पचात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि भर्ना कार्यक्रम सञ्चालन गर्नु/गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
विकास केन्द्रले सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई सो सम्बन्धमा आवश्यक अनुगमन एवम् समन्वय गर्न पनि निर्देशन दिएको छ।








प्रतिकृया दिनुहोस्