राजनीति

यस्ता छन् आर्थिक सुधारका लागि रास्वपाका एजेन्डा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् […]

पूरा पढ्नुहोस्

तीन सिट जितेर श्रम संस्कृति पार्टी पाचौँ स्थानमा, बन्ला राष्ट्रिय दल ?

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी-१ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७,२४९ मत ल्याइन् । तामाङ २०७९ को निर्वाचनमा नेकपा नेता अशोक राईसँग ४४६ मतले पराजित […]

पूरा पढ्नुहोस्

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाउँदा एमालेका आइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्। एउटा मात्र क्षेत्र रहेको पाँचथरमा तीव्र प्रतिस्पर्धा देखिएको […]

पूरा पढ्नुहोस्

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम […]

पूरा पढ्नुहोस्

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत […]

पूरा पढ्नुहोस्

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ । प्रत्यक्षतर्फको १६५ सिटको मतगणना हुँदा अहिलेसम्म रास्वपाले ९७ क्षेत्रमा जित निकालेको छ भने अझै २८ क्षेत्रमा अगाडि छ । दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १४ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम राखेको छ । तेस्रो […]

पूरा पढ्नुहोस्

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्। नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शैलेन्द्र घिमिरेले एक हजार ५५२ मत प्राप्त गरेका छन्। […]

पूरा पढ्नुहोस्

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान अधिकृत कार्यालयका अनुसार एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पछाडि पार्दै कांग्रेसका सन्तोष सुब्बा विजयी भएका हुन्। सुब्बाले निकटतम प्रतिस्पर्धी एमालेका ढकाललाई ८७९ मतले पछि पारेका हुन्। तेह्रथुममा विजयी भएका सुब्बाले ११ हजार ५६१ पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका ढकालले १० हजार ६८२ मत ल्याएका छन्। २०७९ को […]

पूरा पढ्नुहोस्

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेकी छन्। मुख्य निर्वाचन […]

पूरा पढ्नुहोस्

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले २८ हजार बढी मत प्राप्त गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का […]

पूरा पढ्नुहोस्