राजनीति

रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज चैत १२ पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार ९चैत १०० भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो ।रिट निवेदकको तर्फबाट बहस सकिएको छ । आजको बहसमा सरकारी वकिल र रवि […]

पूरा पढ्नुहोस्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । बिहीबार दिउँसो २ बजेका लागि शपथ समारोह सिंहदरबारमा हुनेछ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ मिनेटमा निस्किएको छ। उक्त समयमा सपथ लिनका लागि बालेन टिमले राष्ट्रपति कार्यालयलाई प्रस्ताव गरेको थियो। राष्ट्रपति कार्यालयले पनि सोही समयका लागि नै सपथको तयारी गरेको बताइएको छ। १२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर बालेनले पदभार […]

पूरा पढ्नुहोस्

रविको बयान- मलाई कारागार प्रशासनले नै बाहिर पठायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा कारागार प्रशासनले नै आफूलाई बाहिर बठाएको दाबी गरेका छन्। जाँचबुझ आयोगसँगको बयानमा लामिछानेले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गर्दा पनि जेल प्रशासनले नै आफूलाई बाहिर पठाएको दाबी गरेका हुन्। ‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ […]

पूरा पढ्नुहोस्

गोली चलाउन होइन, आन्दोलनकारीहरूको उद्धार गर्न आदेश दिएको थिएँ : रमेश लेखक

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । ८९८ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो ।  आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ । जसमा तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रहरीले स्वविवेक र स्थलगत […]

पूरा पढ्नुहोस्

पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ?

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । ८८९ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो । आन्दोलनका क्रममा प्रभावित बनेका तथा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राजलक्ष्मी चित्रकारले […]

पूरा पढ्नुहोस्

मेरो घरमा पैसा भेटिएको भनिएको भिडियो ‘एआई जेनेरेटेड’ हुनुपर्छ : देउवा

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ८९८ पृष्ठ लामो प्रतिवेदन बाहिरिएको छ। प्रतिवेदनमा ती दुई दिनका विभिन्न घटनास्थलमा तैनाथ नेपाल प्रहरी, नेपाली सेना र प्रदर्शनकारीहरूको विस्तृत विवरण समेटिएको छ। प्रतिवेदनमा तत्कालीन नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ […]

पूरा पढ्नुहोस्

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा बुधबारका लागि राखिएको […]

पूरा पढ्नुहोस्

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सारेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकका क्रममा विशेष सम्बोधन गर्दै सभापति थापाले अबको […]

पूरा पढ्नुहोस्