राजनीति
जाँदा जाँदै सुशीला कार्कीको निधारको कलंकको टीका
काठमाडौं। जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन हिम्मत देखाएकी सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा ६ महिनाभित्रै प्रतिनिधिसभा निर्वाचन गराएर आफूलाई अब्बल सावित गरिन्। एक थोपा रगत नबगाइ चुनाव गर्ने प्रधानमन्त्री कार्कीको चाहना पूरा भएपछि उनको प्रसंसा चुलिएको छ। अन्योलमा रहेको मुलुकलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा निकास दिएर इतिहास रचेकी कार्कीले जाँदा जाँदै भने विवादस्पद […]
पूरा पढ्नुहोस्
आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह
काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिको कडा विरोध गरेका छन् । प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई सो पदमा नियुक्त गर्नु ‘१०० प्रतिशत गलत’ भएको पुनको टिप्पणी छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले नवनियुक्त श्रेष्ठलाई सो पद स्वीकार नगर्न […]
पूरा पढ्नुहोस्
‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राईले देश निर्माणको आधार केवल श्रम र श्रमदान मात्र भएको बताएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले ७ सिट जितेर राष्ट्रिय राजनीतिमा उदाएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेका हुन्। विजयी नतिजाबाट उत्साहित बनेका अध्यक्ष राईले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सोमबार सुनुवाइ हुँदैछ । आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजलाई सारिएको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ गर्ने भएका हुन् […]
पूरा पढ्नुहोस्
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । साथै […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि […]
पूरा पढ्नुहोस्
बालेनलाई दलको नेता बनाउन रास्वपाको विधान नै बाधक
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएका बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बन्न पार्टी विधान नै बाधक बनेको छ। रास्वपा सभापति रवि लामिछाने र बालेनबीच भएको सात बुँदे सहमतिअनुसार पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्नेछन्। संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट […]
पूरा पढ्नुहोस्
ओलीले अध्यक्ष पदबाट राजीनामा नदिने
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष, पदाधिकारीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संगठन संरचना फेरबदल नहुने भएको छ । अध्यक्षसहित सिंगो पार्टी प्रत्यक्षतर्फ ‘सिंगल डिजिटको जित’मा सीमित भएपछि पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीको राजीनामा माग भइरहेको छ । हारपछि नीति र नेतृत्व परिवर्तन हुनुपर्ने आवाजसमेत पार्टीभित्र उठेको छ । एमाले […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
मोरङ। कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो। निर्वाचनमा ताप्लेजुङमा दुई हजार […]
पूरा पढ्नुहोस्
समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?
काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली […]
पूरा पढ्नुहोस्




