राजनीति

मैले निर्देशन दिइसके, मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्दैन : आशिका तामाङ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नहुने बताएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित […]

पूरा पढ्नुहोस्

रास्वपा अभिमुखीकरण कार्यक्रमलाई आज रविले सम्बोधन गर्ने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा-स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए । मंगलबार कार्यक्रममा सहभागी नभएका […]

पूरा पढ्नुहोस्

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष प्रशिक्षण दिएको छ । मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसद आज दोस्रो दिन सात घण्टे प्रशिक्षणमा सहभागी हुँदै छन् । त्यो प्रशिक्षणमा सहभागी नभएका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका वरिष्ठ नेता […]

पूरा पढ्नुहोस्

मुगुका चार उम्मेदवारले बुझाए निर्वाचन खर्च, सबैभन्दा कम रास्वपा

डिसी नेपाल ३ चैत २०८२ १८:५१ Shares मुगु। प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै मुगुका चारवटा राजनीतिक दलले मात्र आफ्नो निर्वाचन खर्च बुझाएका छन्। जम्मा सातवटा दलले फागुन २१ को निर्वाचनमा भाग लिएका मध्ये एक समानुपातिकसहित चारजना प्रत्यक्ष तर्फका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च बुझाएका हुन। जसमा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन। […]

पूरा पढ्नुहोस्

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार  सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही चैत ५ गते […]

पूरा पढ्नुहोस्

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको भन्दै अव भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका हुन् […]

पूरा पढ्नुहोस्

नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्। उनले भनिन्, ‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ। नयाँ जनादेश र बद्लिदो राजनीति परिवेशले मूलुकलाई […]

पूरा पढ्नुहोस्

रास्वपाका सांसदलाई आज र भोलि दुई दिने प्रशिक्षण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ। रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिध सभा सदस्यमा निर्वाचित १२५ सांसदलाई आवासीय सुविधिासहित दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ। रास्वपाले आइतबार निर्वाचन आयोगमा पठाएका ५७ जना समानुपातिक सांसदले पर्सी बुधबार […]

पूरा पढ्नुहोस्

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा साेमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ। उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ भएको थियो। सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको […]

पूरा पढ्नुहोस्

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं। निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ। राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको […]

पूरा पढ्नुहोस्