समाज

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएको विभिन्न […]

पूरा पढ्नुहोस्

आज चैते दशैंको राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व […]

पूरा पढ्नुहोस्

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज चैती छठ पर्व मनाइँदै

काठमाडौं  ।  मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व मनाइँदैछ। आइतबारदेखि सुरु भएको चारदिने चैती छठ उत्सवको मुख्य दिन आज साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ। आज साँझ व्रतालुले आ-आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका […]

पूरा पढ्नुहोस्

जलवायु परिवर्तनका कारण बाढी पहिरोको जोखिम बढ्दो

काठमाण्डौ  – जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा देशको भविष्य नै जोखिममा परेको विज्ञहरूले बताएका छन् । विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले वैज्ञानिक तथ्याङ्कलाई समयमै पूर्वसूचनामा रूपान्तरण गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो । […]

पूरा पढ्नुहोस्

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

काठमाडौँ– मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ […]

पूरा पढ्नुहोस्

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन :  हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू […]

पूरा पढ्नुहोस्

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय संकट झन् गहिरिँदै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० […]

पूरा पढ्नुहोस्

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, […]

पूरा पढ्नुहोस्

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका […]

पूरा पढ्नुहोस्

देशको गहना सावित्रा ‘साम्बा’को उपचारमा भायानेटको साथ, ५ लाख सहयोग गर्ने घोषणा

काठमाडौँ, फागुन — नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी Sabitra Bhandari ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण कठिन समयबाट गुज्रिरहेकी छन्। मैदानमा देशको नाम उँचो राख्दै आएकी उनी अहिले उपचार र पुनर्स्थापनाको चरणमा छिन्। यस अवस्थामा इन्टरनेट सेवा प्रदायक Vianet Communications ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। […]

पूरा पढ्नुहोस्