प्रदेश
मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ– हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : पहाडी भू-भागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ। सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
एघार महिनामा ६ हजार विपद्का घटना
काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र […]
पूरा पढ्नुहोस्
बजारमा ग्यास अभाव, आयात भने नियमित
भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई […]
पूरा पढ्नुहोस्
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको […]
पूरा पढ्नुहोस्
काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ । […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान: हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल […]
पूरा पढ्नुहोस्
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
रौतहट। प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका-६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ। वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो। प्रतिनिधि सभा निर्वाचनका […]
पूरा पढ्नुहोस्
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता […]
पूरा पढ्नुहोस्







