प्रदेश

हिमाल र पहाडमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशभर अधिकांश बादल लागेको छ। हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै […]

पूरा पढ्नुहोस्

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे […]

पूरा पढ्नुहोस्

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा नगर प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको उल्लेख छ । बुधबार सार्वजनिक भएको उक्त प्रतिवेदनको ५९० पृष्ठमा बानेश्वरस्थित संसद भवन अगाडी शान्त रुपमा प्रदर्शन भइरहेकोमा नगर प्रहरीले बल प्रयाग गर्न खोजिएको खुलाइएको हो । ‘प्रदर्शनकारीहरूले मेन गेट अगाडी ढलेका व्यारिकेट सडकमा […]

पूरा पढ्नुहोस्

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई १० हजार जरिवान गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई […]

पूरा पढ्नुहोस्

वैशाखयता देशभर ७ हजार २३१ विपद्का घटना, १३ हजार बढी प्रभावित

काठमाडौं । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै, एक हजार […]

पूरा पढ्नुहोस्

कस्तो होला आजको मौसम, यस्तो छ विभागको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा […]

पूरा पढ्नुहोस्

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

काठमाडौँ –ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् ।काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण […]

पूरा पढ्नुहोस्

रविको बयान- मलाई कारागार प्रशासनले नै बाहिर पठायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा कारागार प्रशासनले नै आफूलाई बाहिर बठाएको दाबी गरेका छन्। जाँचबुझ आयोगसँगको बयानमा लामिछानेले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गर्दा पनि जेल प्रशासनले नै आफूलाई बाहिर पठाएको दाबी गरेका हुन्। ‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ […]

पूरा पढ्नुहोस्

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा अवस्था नियन्त्रणबाहिर गएको बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कार्कीले गत भदौ २३ गतेको घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा यस्तो उल्लेख गरेकी हुन्। उनका अनुसार बानेश्वर क्षेत्रमा आन्दोलन चर्किँदै जाँदा आन्दोलनकारी र सुरक्षाकर्मीबीच तीव्र झडप भइरहेको थियो। ‘एकातिर प्रहरीले फायरिङ गरिरहेको […]

पूरा पढ्नुहोस्