प्रदेश

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ । आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध गरी एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख […]

पूरा पढ्नुहोस्

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको पछिल्लो पहिचान यही हो। भारतीय सेनामा २८ वर्ष सेवा गरेर अवकाश लिएका कृपाश्वरले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती थालेका थिए। दुई बिघा क्षेत्रफलमा फैलिएको फार्मबाट उनले अहिले वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म […]

पूरा पढ्नुहोस्

मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज भारी बर्षाा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कहि स्थानमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

कञ्चनपुर–सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी […]

पूरा पढ्नुहोस्

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

काठमाडौंः भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ। सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो। उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन […]

पूरा पढ्नुहोस्

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर (झापा) –झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२र८३ […]

पूरा पढ्नुहोस्

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी –म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ ।जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो । बेनीदेखि आधार शिविरसम्मका होटल तथा रेष्टुरेष्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही

काठमाडौं – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा […]

पूरा पढ्नुहोस्

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने, मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, […]

पूरा पढ्नुहोस्

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । […]

पूरा पढ्नुहोस्