प्रदेश
अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक। पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ। बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो (टोकन/पालो) प्रणाली लागू गर्दै मालवाहक गाडी सञ्चालनमा नयाँ नियम लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले […]
पूरा पढ्नुहोस्
पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा
भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै गएको छ। गाउँपालिकाले पूर्वाधार निर्माण र संरक्षणलाई प्राथमिकता दिएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिका र कोशी प्रदेश […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार
काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित […]
पूरा पढ्नुहोस्
मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी स्थानमा भारी बर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा […]
पूरा पढ्नुहोस्
हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार […]
पूरा पढ्नुहोस्
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखेका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा अनौठो मानिएको छ। “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, शेरचनले भने, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन […]
पूरा पढ्नुहोस्
कृष्णभीर पहिरो: कसरी र कहिलेसम्म खुल्ला अवरुद्ध राजमार्ग?
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक तत्काल सञ्चालनमा ल्याउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेर कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक विभागले यो राजमार्गलाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक तथा भौगर्भिक विज्ञसहितको […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग
जनकपुरधाम–धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ ।गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु सात लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा […]
पूरा पढ्नुहोस्
हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट
हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि स्थानीय प्रशासनले साना तथा ठूला यात्रुवाहक सवारीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधन काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा फर्किंदा भने फर्पिङ-फाखेल–कुलेखानी–भीमफेदीको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता
काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् । खोजी कार्य जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र […]
पूरा पढ्नुहोस्






