प्रदेश
मनसुनी वायु सक्रिय: गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं। देशभर मनसुनी वायु पूर्ण रूपमा सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गर्दै ती क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रस्ट प्रभाव देखिएकाले कोशी, […]
पूरा पढ्नुहोस्
आलुको परिकारमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं। ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी भूभागमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया […]
पूरा पढ्नुहोस्
६ थान भरूवा बन्दुक बरामद
म्याग्दी । प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ। रघुगंगा गाउँपालिका-५ स्थित झीँ सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो। यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोला नजिकबाट भरूवा बन्दुक ३ थान मंगलबार बिहान प्रहरीले बरामद […]
पूरा पढ्नुहोस्
दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा महिला र पुरुष मृत फेला परेका छन्। रूपन्देहीको सियारी गाउँपालिका-४ खैरेनीडिहीस्थित दानव नदीको किनारमा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्। पर्वतको कुश्मा नगरपालिका-१ सस्रधारास्थित कालीगण्डकी नदीमा पहिचान नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पूरा पढ्नुहोस्
नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ
धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ हजार ७ सय ९० ट्याब्लेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राई रहेका छन् । प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै […]
पूरा पढ्नुहोस्
अध्यक्ष मगर : मानवअधिकार संरक्षणमा समस्या
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–सम्वाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवअधिकार संरक्षणमा कठिनाइ भएको बताए । ‘अझै पनि समाजमा कुसंस्कार छ, जनप्रतिनिधिले नै घरभित्र बसेर खान […]
पूरा पढ्नुहोस्
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
काठमाडौं। सरकारले जनताको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कुल १०६ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, […]
पूरा पढ्नुहोस्
धनगढीमा धान दिवस: हिलोमा डेउडा र चाँचरीसँगै रोपाइँ काव्य गोष्ठी
धनगढी । डेउडा प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको ‘रोपाइँ काव्य गोष्ठी’ यस वर्ष पनि धनगढीमा भव्य रूपमा सम्पन्न गरेको छ। लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै डेउडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आज धनगढीमा साहित्यकार, कलाकार र संस्कृतिप्रेमीहरूको सहभागितामा परम्परागत रूपमा धान दिवस मनाएको हो। ‘मानो […]
पूरा पढ्नुहोस्
आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत
गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ सभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन् । पालिकाले यो वर्षलाई मनास्लु हिमालको सफल आरोहणको […]
पूरा पढ्नुहोस्






