प्रमुख समाचार

बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली निकै कमजोर भएको दाबी गर्दै त्यहाँको आकाशमा अमेरिकी विमानलाई कसैले ‘केही गर्न नसक्ने’ बताएका थिए। रक्षामन्त्री पिट हेगसेथले त झन् इरानमाथि अमेरिकाले ‘हवाई प्रभुत्व’ कायम गरिसकेको दाबी समेत गरेका थिए। तर, शुक्रबार इरानले अमेरिकी ‘एफ-१५ इगल’ विमान खसालिदिएपछि वासिङ्टनका लागि यो ठूलो झट्का सावित भएको छ। […]

पूरा पढ्नुहोस्

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीहरूले  बताएका छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताएका छन् । उनले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको […]

पूरा पढ्नुहोस्

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १.५ ट्रिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ । यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टका अनुसार […]

पूरा पढ्नुहोस्

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतहरूले जनाए अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कुवेतको बुबियान टापुमा इरानले लक्षित गरेको अमेरिकी सैन्य […]

पूरा पढ्नुहोस्

नेपालीको उद्धार गर्न आजदेखि विशेष उडान

काठमाडौं। पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ। नेपाल वायुसेवा निगमले आज ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं, ५ अप्रिलमा काठमाडौं-दमाम र दमाम-काठमाडौं उडान भर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ […]

पूरा पढ्नुहोस्

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ । पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चारमाध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । […]

पूरा पढ्नुहोस्

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको […]

पूरा पढ्नुहोस्

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय आइतबार अदालत पुगेको थियो । आइतबार प्रहरी अनुसन्धानको रायबमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएका […]

पूरा पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

  न्युयाेर्क। इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो। ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो। यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि […]

पूरा पढ्नुहोस्

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे। “हामी दुई वा तीन हप्तामा त्यहाँबाट निस्कनेछौँ। इरानसँग सम्झौता हुनु वा नहुनुले […]

पूरा पढ्नुहोस्