प्रमुख समाचार
आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिएका हुन्। उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा […]
पूरा पढ्नुहोस्
भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण
वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान ‘वान टन’ क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन् । नेपाल सरकारको आग्रहअनुसार आगामी […]
पूरा पढ्नुहोस्
इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग
तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज स्ट्रेट बन्द गरिदिएको छ। इरानको रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा रहेका जहाजहरूलाई हाई–फ्रिक्वेन्सी रेडियो सन्देश पठाउँदै यस रणनीतिक समुद्री मार्गबाट नजान चेतावनी दिएको हो। होर्मुज जलमार्गलाई विश्वव्यापी तेल र ग्यास आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ। यो एक साँघुरो जलमार्ग हो, जसले फारसको खाडीलाई ओमानको खाडी […]
पूरा पढ्नुहोस्
कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट
इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ । ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ । एएफपी […]
पूरा पढ्नुहोस्
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी
तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको घोषणा गरेका छन्। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनीको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनी र उनको समूहले विश्वभरका […]
पूरा पढ्नुहोस्
गुगललाई नक्सा डाटा निर्यात अनुमति
सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् […]
पूरा पढ्नुहोस्
उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु
एजेन्सी– उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ । क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् । आक्रमणकारीहरूले बजार […]
पूरा पढ्नुहोस्देशको गहना सावित्रा ‘साम्बा’को उपचारमा भायानेटको साथ, ५ लाख सहयोग गर्ने घोषणा
काठमाडौँ, फागुन — नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी Sabitra Bhandari ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण कठिन समयबाट गुज्रिरहेकी छन्। मैदानमा देशको नाम उँचो राख्दै आएकी उनी अहिले उपचार र पुनर्स्थापनाको चरणमा छिन्। यस अवस्थामा इन्टरनेट सेवा प्रदायक Vianet Communications ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। […]
पूरा पढ्नुहोस्






