समाचार
पूर्वराजा ज्ञानेन्द्रको आग्रह- सबैका माग समेटेर संवैधानिक समाधान खाजौं
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सबैका माग समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए। निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए। ‘निषेध, […]
पूरा पढ्नुहोस्
इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया
एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएका थिए […]
पूरा पढ्नुहोस्
इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो
काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । एसियाली बजार खुल्नेबित्तिकै इन्धनको मूल्यमा उच्च वृद्धि देखिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै ऊर्जा बजारमा हलचल मच्चिएको छ । अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिब्यारेल […]
पूरा पढ्नुहोस्
नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’
वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार सोमबारबाट यो नाकाबन्दी सुरु हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘स्ट्रेट अफ हर्मोज’ बाट भित्रिने र बाहिरिने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने चेतावनी दिएपछि यो […]
पूरा पढ्नुहोस्
ताइवानलाई चीनको १० नयाँ प्रोत्साहन प्रस्ताव, विपक्षी नेताको भ्रमणपछि सम्बन्धमा सुधारको सङ्केत
एजेन्सी- विपक्षी नेताको भ्रमणपछि चीनले ताइवानका लागि १० वटा नयाँ प्रोत्साहन प्रस्ताव गरेको छ । ताइवानको सबैभन्दा ठूलो विपक्षी दल कुओमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली–वनको भ्रमणपछि चीनले प्रोत्साहन प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले जनाएको छ । चीनले गरेको प्रस्तावहरूमा पर्यटकमाथिको प्रतिबन्ध खुकुलो पार्ने, ‘स्वस्थ’ ताइवानी टेलिभिजन नाटकहरूलाई अनुमति दिने, खाद्यान्न बिक्रीलाई सहज बनाउने […]
पूरा पढ्नुहोस्
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो। टोलीमा डा.फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन्। मन्त्रालयका अनुसार टोलीले गजेन्द्रनारायण सिंह […]
पूरा पढ्नुहोस्
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष विज्ञान […]
पूरा पढ्नुहोस्
अमेरिकाबाट ३५ नेपाली डिपोर्ट
काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार ३५ नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो। गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको उनले जानकारी दिएका छन। डिपोर्ट गरिएकामा अवैध बाटोबाट गएका १२ जना र विद्यार्थी भिसामा गएका दुई जना रहेका छन्। अन्यलाई भने […]
पूरा पढ्नुहोस्
युद्धविरामअघि ओडिसामा घातक हमला
किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन […]
पूरा पढ्नुहोस्
आर्टिमिस-२ अन्तरिक्षयान पृथ्वीमा अवतरण
काठमाण्डौ – १० दिन लामो ऐतिहासिक यात्रापछि ४ जना अन्तरिक्ष यात्री सहितको आर्टिमिस-२ अन्तरिक्षयान पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रीहरूलाई बोकेको प्यारासुट अमेरिकाको पश्चिमी तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरेको छ । यो मिसनले नयाँ कीर्तिमान पनि कायम गरेको छ । गएको अप्रिल ६ मा अन्तरिक्षयानले पृथ्वीबाट ४ लाख ६ हजार ७७१ […]
पूरा पढ्नुहोस्







