समाचार
नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकियो
नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उनले बताए । एकतर्फी ढलानको काम सकिएको र अब चाँडै […]
पूरा पढ्नुहोस्
विराटनगरमा बैशाख २१ गते महिला नेतृत्व शिखर सम्मेलन हुँदै, तयारी पूरा
काठमाडौं। नेपाल उद्योग परिसंघले कोशी प्रदेशको विराटनगरमा बैशाख २१ गते राष्ट्रिय स्तरको महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ। बिहीबार पत्रकार प्रेसमिटमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसंघले जनाएको हो। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता अनिवार्य रहेको बताएका छन्। उनले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई १०० अर्ब […]
पूरा पढ्नुहोस्
रोल्पा जीप दुर्घटना अपडेट : १७ जनाको मृत्यु
रोल्पा । रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा १७ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ। भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको थियो। घटनाको […]
पूरा पढ्नुहोस्
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा पुगेको छ । युके पाउण्ड स्ट्रलिङ […]
पूरा पढ्नुहोस्
‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’
काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी बिहे गरेर काठमाडौं आइन् । काठमाडौंमा घर होला भनेर आएकी उनलाई श्रीमानले थापाथलीको सुकुम्बासी बस्तीमा भित्र्याएका थिए । बिहेपछिको उनको पूरै जीवन सुकुम्बासी बस्तीमै बित्यो । उमेरले ५२ लागेकी उनी सरकारले अब आफूलाई बूढेसकालमा घर न घाटको बनाएको बताउँछिन् । बिहे गर्दा झूट बोलेपनि श्रीमानको […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
काठमाडौँ, वैशाख १५- पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम […]
पूरा पढ्नुहोस्
डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता
काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नों कोश्वाले हस्ताक्षर गरे । यो परियोजना दक्षिण एसियामै […]
पूरा पढ्नुहोस्
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव […]
पूरा पढ्नुहोस्
इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर युद्धविरामलाई थप तीन साताका लागि लम्ब्याइएको घोषणा गरेका छन्। आगामी आइतबार समाप्त हुन लागेको युद्धविरामको अवधि थपिएसँगै ट्रम्पले निकट भविष्यमै इजरायली र लेबनानी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने इच्छा समेत व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी तनावका बीच लेबनानमा […]
पूरा पढ्नुहोस्
भारतीय तीर्थयात्री सवार जीप दुर्घटना : एकको मृत्यु, २० जना घाइते
काठमाडौं । प्युठानमा भारतीय तीर्थयात्री जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै २० जना घाइते भएका छन्। प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार लु१ज ३१७५ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। बिहीबार दिउँसो प्युठान नगरपालिका–४ टाकुरा सडकखण्डमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले बताएका छन्। […]
पूरा पढ्नुहोस्







