प्रमुख समाचार
अमेरिकाद्वारा विवाह समारोहमा आक्रमणपछि चार जनाको मृत्यु: इरानद्वारा जवाफी कारबाही
बीबीसी। अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध पुनः आक्रमण सुरु गरेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ। सेन्टकमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कल्प्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजरानीमाथि हालै गर्न खोजेको आक्रमणको जवाफ स्वरूप अमेरिकाले यो कारबाही गरेको हो। दक्षिण इरानको सिरिकमा विवाह समारोह भइरहेको एक घरमा अमेरिकी क्षेप्यास्त्रको छर्रा लाग्दा एक सानो बच्चासहित […]
पूरा पढ्नुहोस्
हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौँ –नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् । आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा नेपाल आएर उनले अर्थमन्त्री डा। […]
पूरा पढ्नुहोस्
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई […]
पूरा पढ्नुहोस्
बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो
काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्। बाढीको जोखिमलाई मध्यनजर गर्दै रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि पूर्ण रूपमा सञ्चालन गरिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौंतर्फ जाने र आउने सबै किसिमका सवारी साधनहरूको आवगमन सुचारु भएको छ। यसअघि भोटेकोशी नदीमा बाढी […]
पूरा पढ्नुहोस्
भोटेकोसी बाढीबाट ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त
काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै गल्छीबाट त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । […]
पूरा पढ्नुहोस्
बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने
काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार
काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले वेत्रावती-मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडकखण्ड ठप्प पारेको हो । यस्तै गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द छ । पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडकखण्ड लेदोले ढाकिएको छ । अहिले लेदो पन्छाएर यातायात सुचारु […]
पूरा पढ्नुहोस्
नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता
वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार […]
पूरा पढ्नुहोस्
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको […]
पूरा पढ्नुहोस्
बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको […]
पूरा पढ्नुहोस्






