प्रमुख समाचार

सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार बिहान नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका–७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल […]

पूरा पढ्नुहोस्

ग्यास बुलेट दुर्घटनापछि धादिङको सडक बन्द, चुहावटको जोखिम

धादिङ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको एक भारतीय ग्यास बुलेट धादिङको गल्छीमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका-७ स्थित मच्छेडी खोला नजिकै चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा परी बुलेटका चालक […]

पूरा पढ्नुहोस्

दशैंमा घर फर्किने यात्रुको चहलपहल बढ्दै, आजदेखि टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ। यात्रुको चाप व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको  छ। यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक […]

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडाैं। युवकको ज्यान गएको छ। दुर्घटनामा भरतपुर महानगरपालिका-११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो। दुर्घटनामा परेर चालक देवेन्द्र थापा र मोटरसाइकलमा सवार स्याङ्जाको वालिङ नगरपालिका-८ निवासी सागर थापा घाइते भएका थिए। दुर्घटनालगत्तै घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएकोमा […]

पूरा पढ्नुहोस्

नारायणघाट–बुटवल सडकमा थपिँदै आकर्षक ‘ओभरहेड क्यानोपी ब्रिज’

चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बिचको जङ्गल तथा चोरमारा र अरुणखोला बिचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक […]

पूरा पढ्नुहोस्

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको फोनवार्ता

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोन संवाद गरेका छन् । यूएईबाट इजरेलका लागि उडेको विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भइ अस्पतालको शय्यामा रहेका विमान चालक स्मितलाई फोन गर्दै मोदीले उनको साहस र सुझबुझको प्रशंसा गरेका छन् । प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको […]

पूरा पढ्नुहोस्

बैङ्किङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार […]

पूरा पढ्नुहोस्

बेलायती सैन्य बेसमा आक्रमण प्रयासका संदिग्ध रिहा भएपछि ट्रम्प आक्रोशित

फेयरफोर्ड, इङ्गल्याण्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेलायती हवाई आधार शिविरमा आक्रमण गर्ने संदिग्ध योजनाविरुद्ध बेलायतले गरेको कारबाहीको आलोचना गरेका छन्। सोमबार दिउँसो पाँच जना संदिग्धहरूलाई धरौटीमा रिहा गरिएको खबरबाट आफू “आश्चर्यचकित” भएको उनले बताएका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू भएको भए संदिग्धहरूलाई रिहा नगर्ने बताउँदै उनीहरूको गतिविधि […]

पूरा पढ्नुहोस्

विश्वव्यापी पहुँच दिवस मनाइँदै, सूचनामा सबैको पहुँचमा जोड

काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो । युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र […]

पूरा पढ्नुहोस्

सुरुङभित्रको कठिन उद्धार, नेपाली सेनाको साहसिक अनुभव

काठमाडौं। रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनले निर्वाह गरेको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष नेपाली सेनाले निकालेको छ। प्रतिकूल र तीव्र गतिमा परिवर्तन हुने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तर खसिरहेको पहिरोका साथै सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान […]

पूरा पढ्नुहोस्