समाचार

हुलाक बचत बैंक भ्रष्टाचार मुद्दा: विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ। आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सो […]

पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। सिराहाको मिर्चैया नगरपालिका-७ जिवा टोलस्थित सडकमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको बा.प्र ०२-०५८ प ०९०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ४५ वर्षीय परमेश्वर दनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु […]

पूरा पढ्नुहोस्

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध, आगामी सेप्टेम्बरसम्म विदेश पठाउन नपाइने

काठमाडौं। भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो। यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ। भारत सरकारले आन्तरिक बजारमा […]

पूरा पढ्नुहोस्

फाइभजीः डिजिटल अर्थतन्त्रको नयाँ आधार

काठमाडौं। वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ। उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ।   उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ उचाइमा पुर्याउन […]

पूरा पढ्नुहोस्

आज ट्रम्प र सी बीच भेटवार्ता हुँदै

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने यो भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ ।   ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन् । यसअघि सन् २०१७ नोभेम्बरमा उनी चीन […]

पूरा पढ्नुहोस्

कर्मचारीलाई राजनीति नगर्न सरकारको चेतावनी, राजनीति गरे जागिर जाने

काठमाडौं। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको […]

पूरा पढ्नुहोस्

प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

वीरगन्ज। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आइजी कार्कीले सेवाग्राहीप्रति जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार गर्न प्रहरीलाई आग्रह गरे। उनले समाजका कमजोर […]

पूरा पढ्नुहोस्

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौं। दुरसञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। काठमाडौंको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्ने ६३ वर्षीय पाण्डेलाई मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मङ्गलबार राति पक्राउ गरिएको सिआइबीका […]

पूरा पढ्नुहोस्

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि वैशाख २९ गते उपस्थित हुन निर्देशन दिएको हो। अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी […]

पूरा पढ्नुहोस्

सात वर्षपछि बेइजिङमा ट्रम्प: २०१७ को तुलनामा झन् बलियो चीन

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन् शक्तिशाली र आक्रामक चीनको सामना गर्ने गरी बेइजिङ ओर्लिँदै छन् । सन् २०१७ को पहिलो राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ट्रम्पलाई ‘फर्बिडन सिटी’ भित्रै रात्रिभोज दिएर भव्य स्वागत गरेका थिए, जुन सम्मान यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाएका थिएनन् । यसपटक पनि […]

पूरा पढ्नुहोस्