चितवन विशेष

क्यान्सर पिडित महिलालाई बन्दीपुर सामाजिक विकास समितिको आर्थिक सहयोग

चितवन–स्तन क्यान्सरबाट पीडित बन्दीपुर–४ भैंसेखारकी ४१ वर्षीया कमलादेवी धमला जोशीको उपचारमा सहयोगी हात थपिएका छन् । बन्दीपुर सामाजिक विकास समिति तनहुँका आजिवन सदस्य छायाँ श्रेष्ठले आज अस्पतालमै पुगेर ७१ हजार ५ रुपैयाँ चेक हस्तान्तरण गर्नुभयो ।संस्थाका अध्यक्ष यादव लाल श्रेष्ठ र महासचिव रेखा श्रेष्ठको पहलमा तथा आजीवन सदस्य छाँया श्रेष्ठको समन्वयमा उक्त रकमको चेक अस्पतालमै […]

पूरा पढ्नुहोस्

अमलाचौर चितवन-नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

भरतपुर, २०८२ चैत्र २१ — अमलाचौर (बाग्लुङ) बाट चितवन र नवलपुर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीच सम्पर्क, सहयोग र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले स्थापित अमलाचौर चितवन-नवलपुर सम्पर्क समाज को प्रथम साधारण सभा तथा अधिवेशन भरतपुर को होटल सुभम एन्ड हस्पिटालिटी चैबिसकोठी मा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री लक्ष्मी कान्त आचार्य ज्यूले […]

पूरा पढ्नुहोस्

चितवनमा सोमबारदेखि मौरी सम्मेलन हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकाबारे केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ । मौरीपालनका आधुनिक अभ्यास, वैज्ञानिक […]

पूरा पढ्नुहोस्

मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । 

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले विहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू […]

पूरा पढ्नुहोस्

चितवनमा बर्डफ्लु, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु ९एच–फाइभ एन–वान० सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ । उनले यस […]

पूरा पढ्नुहोस्

चितवनका ७ पालिकामा कार्यसम्पादन मूल्याङ्कन: रत्ननगर नगरपालिका प्रथम

चितवन — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा चितवनका सात पालिकामध्ये रत्ननगर नगरपालिका ७६.२२ अंक सहित प्रथम स्थानमा परेको छ। तेस्तै क्रमश ७४.३२ अंक सहितदोस्रो  इच्छाकामना गाउपालिका ६८.०२ अंक सहित तेस्रो भरतपुर महानगर ६७.१० अंक सहित चौथो  माडी नगरपालिका  ६५.०९ अंक सहित पाचौं खैरहनी नगरपालिका  ६४.५० अंक सहित छैटौं कालिका नगरपालिका  […]

पूरा पढ्नुहोस्

पञ्चकन्या वनले पायो नयाँ नेतृत्व : अध्यक्षमा गोविन्द सिङ्तान चयन

रत्ननगर । रत्ननगर वडा नं ११ स्थित पञ्चकन्या सामुदायिक वनको अध्यक्षमा गोविन्द सिङ्तान चयन भएका छन् । संस्थाको २१ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशनले सिङ्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोशन तामाङ, सचिवमा तीर्थकुमारी विक, सहसचिवमा भोजराज सापकोटा र कोषाध्यक्षमा पार्वती देवी मगर सर्वसम्मत चयन भएको निर्वाचन संयोजक रामचन्द्र […]

पूरा पढ्नुहोस्

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन–यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ ।नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । निर्धारित समयमा काम नसकिएपछि […]

पूरा पढ्नुहोस्

दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु

चितवन–चितवनमा परीक्षा दिन गएका दुई विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामै पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको हो । दुई बालकलाइ उद्दार गरी […]

पूरा पढ्नुहोस्

१५ जना सुत्केरीलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१५ मा सुत्केरी महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ । वडा कार्यालयको बजेटबाट १५ जना सुत्केरी महिलालाई कुखुराको भाले, २ लिटर तोरीको तेल, नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुंग तथा मसुरोको दाल, चना, भटमास तथा व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको हो । बिहीबार वडाको आधारभूत स्वास्थ्य […]

पूरा पढ्नुहोस्