प्रदेश

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना निरौलालाई अहिले विभिन्न घरायसी विद्युतीय उपकरणहरूको मर्मत कार्यले भ्याइनभ्याइ भएको छ । पहिले उनी मुख्य रूपमा बिक्री र ग्राहक सेवा हेर्थिन् भने श्रीमान् मर्मत र फिल्डको काम गर्थिन् । तर मर्मत तथा सम्भार तालिम सकेपछि उनको भूमिका परिवर्तन भएको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा […]

पूरा पढ्नुहोस्

हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

खोटाङ । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि […]

पूरा पढ्नुहोस्

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) श्रमदानमार्फत पुल निर्माण गर्न दार्चुला हिँडेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले आफू दार्चुलातर्फ लागेको र नागरिकलाई श्रमदानका लागि जुट्न आह्वान गरेका हुन् । धरान उपमहानगरपालिकाको पूर्वमेयर हुँदादेखि नै श्रम संस्कृतिको अभियान चलाउँदै आएका राईले राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि पनि भौतिक पूर्वाधार […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

पूरा पढ्नुहोस्

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ । फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय […]

पूरा पढ्नुहोस्

हेटौँडा सिमेन्ट उद्योगले पुर्नजीवन पाउन लागेको हो ?

मकवानपुर। हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ। उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। अभियान अन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित रूपमा बढेका वनस्पतिहरू हटाइएका थिए। सरसफाइ कार्यले उद्योग क्षेत्रको […]

पूरा पढ्नुहोस्

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन कार्की र मीन गुरुङसहितविरुद्ध एकजना युवतले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन् । ‘साइबर बुलिङ’को शिकार बनाइएको दाबीसहित अमिशा पराजुलीले दुवैविरुद्ध जाहेरी दिएकी हुन्। उनले आफूविरुद्ध भ्रम फैलाइएको र चरित्रहत्या गरिएको आरोप जाहेरीमा लगाएकी छन् । पराजुली नेकपा एमालेका अध्यक्ष ए् पूर्वप्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । […]

पूरा पढ्नुहोस्

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो । नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगङ्गा, लेकबेँसी तथा गुर्भाकोट नगरपालिकाको फोहरलाई एकै ठाउँमा राखेर प्रशोधन गर्न यो केन्द्र निर्माण गएिको जनाउँदै हालसम्म भेरीगङ्गासँग लेकबेँसी नगरपालिकाले […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी […]

पूरा पढ्नुहोस्