राजनीति
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ […]
पूरा पढ्नुहोस्
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौं। संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन्। शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त बैठकपछि चालु अधिवेशन अन्त्य हुनेछ। ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम […]
पूरा पढ्नुहोस्
‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’
धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन् । जनकपुरधाममा बिहीबार आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । कम संख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने उनको भनाइ थियो । “अब संख्या वा […]
पूरा पढ्नुहोस्
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे। उनले भने, ‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी […]
पूरा पढ्नुहोस्
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल
महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए । मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय’विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे। मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल […]
पूरा पढ्नुहोस्
प्रदेशसभा सदस्य शर्मा थुनामुक्त
काठमाडौं। जिल्ला अदालत काठमाडौँले लुम्बिनी प्रदेशसभाकी नेकपा (एमाले) की प्रदेशसभा सदस्य रेखा शर्मा थुनामुक्त गरेको छ। न्यायाधीश जगत पौडेलको इजलासले आज प्रदेशसभा सदस्य शर्मालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई […]
पूरा पढ्नुहोस्
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
काठमाण्डाै – सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धन गर्न सात दिन म्याद थप भएको छ । आज जिल्ला अदालत काठमाण्डाैले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नवयुवा आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा नगद भेटिएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]
पूरा पढ्नुहोस्
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
काठमाडौं। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन्। आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्। बाग्लुङको […]
पूरा पढ्नुहोस्


