चितवन विशेष

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले […]

पूरा पढ्नुहोस्

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित ।

  खैरहनी, असार ९।  खैरहनी माध्यमिक विद्यालयले समाजसेवी मुरलीप्रसाद गजुरेललाई हार्दिक अभिनन्दन तथा सम्मान मंगलबार गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया प्रमुख अतिथि तथा समाजसेवी मुरलीप्रसाद गजुरेल र उहाँकी धर्मपत्नी यशोदा गजुरेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।   कार्यक्रमअघि समाजसेवी गजुरेललाई विद्यार्थी, […]

पूरा पढ्नुहोस्

रास्वपाको प्रथम महाधिवेशन: प्राविधिक ढिलाइपछि आजबाट बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिला गरी आज मंगलबारबाट सुरु हुँदैछ। सोमबार बिहानदेखि नै सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचयपत्र छपाइ कार्य समयमा नसकिएका कारण आजका लागि सारिएको हो। बन्दसत्रलाई व्यवस्थित बनाउनका लागि आज बिहान ७:०० बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र […]

पूरा पढ्नुहोस्

रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि चितवनको भरतपुरमा जारी छ। आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम रहेको छ। […]

पूरा पढ्नुहोस्

रास्वपा महाधिवेशनको बन्दसत्र आज: प्रतिवेदनमाथि छलफल र उम्मेदवारी दर्ता हुँदै, भोलि मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज बिहानदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ। शनिबार गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका साथै नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढाउन लागिएको हो। बन्दसत्र व्यवस्थापनका लागि प्रदर्शनी केन्द्रमा रहेका तीनवटा ठूला हलमध्ये दुईवटा हललाई बन्दसत्र […]

पूरा पढ्नुहोस्

प्रविधिमैत्री किशोरी लक्षित तालिम सुरु, ३० किशोरी सहभागी

रत्ननगर : झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चापागाईंले वर्तमान समयको आवश्यकता अनुसार छोरीहरूलाई शिक्षा–दीक्षासँगै प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले १२ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले […]

पूरा पढ्नुहोस्

महोवन टोलमा बाल क्लब पुनर्गठन, सुजन शर्मा पौडेल अध्यक्ष चयन

  रत्ननगर, असार ६ — रत्ननगर नगरपालिका वडा नं. ९ स्थित महोवन टोल विकास संस्थामा शनिबार आयोजित बालबालिकाहरूको भेलाले सुजन शर्मा पौडेलको अध्यक्षतामा बाल क्लब पुनर्गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष धनन्जय शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाल क्लबको उपाध्यक्षमा दिया आचार्य, सचिवमा अङ्कित ढुंगाना, सहसचिवमा सृष्टिना मैनाली तथा कोषाध्यक्षमा रिदिमा बस्नेत चयन हुनुभएको छ। […]

पूरा पढ्नुहोस्

आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

नारायणगढ– कृषि तथा वनविज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि तहका ३० […]

पूरा पढ्नुहोस्

चितवनमा बढ्यो गर्मी, अधिकतम तापक्रम ३६ डिग्री

चितवन– चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ ।भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बिहीबार) भरतपुरको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे छ। आज दिउँसो जिल्लाको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । यस्तै मौसम विभागको तथ्यांकअनुसार यस वर्ष चितवनमा सबैभन्दा […]

पूरा पढ्नुहोस्

चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन–पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो ।केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा […]

पूरा पढ्नुहोस्