प्रमुख समाचार

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौं। तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ। नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै […]

पूरा पढ्नुहोस्

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ । सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, ‘फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा […]

पूरा पढ्नुहोस्

राष्ट्रिय आर्थिक गणना २०८२ सुरु हुँदै : ५ हजार कर्मचारी परिचालन, बैशाख २ देखि देशभर गणक खटिने

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि करिब ५ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएका छन्। नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैशाख २ गतेदेखि देशभर गणक खटिने जानकारी दिए। उनले भने, ‘राष्ट्रिय आर्थिक गणना गर्न ५ हजार जना कर्मचारीहरु परिचालन भएका […]

पूरा पढ्नुहोस्

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको आधिकारिक विज्ञप्ति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीच भएको युद्धविराम सहमतिको पुष्टि गर्दै ट्रम्पले उक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् । विदेशमन्त्री अराघचीले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय युद्ध अन्त्यका लागि पाकिस्तान र त्यहाँको नेतृत्वले गरेको अथक प्रयासको उच्च […]

पूरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

जलेश्वर । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने […]

पूरा पढ्नुहोस्

एसईई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ

इनरुवा (सुनसरी)। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी […]

पूरा पढ्नुहोस्

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी

काठमाडौं–सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै सरकारी […]

पूरा पढ्नुहोस्

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की दिएका छन् । ट्रुथ सोसियलमा लेख्दै उनले इरानले स्ट्रेट अफ हर्मुस नखोलेको रिस पोखेका हुन्। उनले लेखेका छन्, ‘म यस्तो हुन चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ। तर, अहिले पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेको अवस्थामा, जहाँ फरक, बुद्धिमान र कम कट्टर सोच भएका मानिसहरू हाबी […]

पूरा पढ्नुहोस्

देवचुलीमा एक पुरुष मृत फेला, श्रीमती गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् । स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन् । उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा […]

पूरा पढ्नुहोस्

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए। ‘मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म हिउँ परेको भएपनि आज परेको हिमपात वजनदार छ, […]

पूरा पढ्नुहोस्